प्रधानमन्त्रीले भने-‘मधेस र पहाड एकीकृत गरेर मात्र पहिचानका मुद्दा स्थापित हुन्छ’

सिरहा, माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालं‘प्रचण्ड’ले देशलाई विभाजित गरेर नभई एकीकृत पारेर मात्र विकास र पहिचानका मुद्दा स्थापित गर्न सकिने बताएका छन् । सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने ‘मधेस बिनाको पहाड र पहाड बिनाको मधेसको अस्तित्व कल्पना पनि गर्न सकिन्न ।

एक अर्कासंग गाँसिएका नेपालका सँस्कृति, भुगोल, परम्परा र रहनसहनका कारण मधेस, पहाड र हिमाललाई छुट्टयाएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।’ मधेसलाई पहिचान विहीन बनाएर मुलुकलाई विखण्डन गर्न खोज्ने बिरुद्ध लड्न उनले सबैसँग अपिल गरे ।

देशलाई विखण्डित गर्ने स्वरहरु मधेशमा सुनिन थालेको उल्लेख गर्दै उनले त्यस्ता कार्यका लागि भड्काउनेलाई जनताले नै तह लगाउनुपर्ने बताए ।
‘मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिदैन’, उनले भने– ‘नेपालको संस्कृती, भुगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँजिएको छ कि मधेस, पहाड र हिमाललाई छुट्टयाएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।’

संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सबैसँग समझदारी भइरहेको बताउदै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजाति सहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने दावी गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: