सरकारी वकिलद्वारा आजदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार

काठमाडौँ, माघ ९ । सरकारी वकिलले उच्च अदालतमा नियुक्ति गरिएका न्यायाधीशको विरोधमा आज देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेका छन् ।

न्यायाधीश नियुक्तिमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारी वकिल र चार कर्मचारी सङ्गठनले आजदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेको निजामती कर्मचारीको आधिकारिक सङ्गठन महान्यायाधिवक्तो कार्यालयका अध्यक्ष गजराज घिमिरेले जानकारी दिए ।

याे पनि पढ्नुस  पोर्न खेल्ने २२ वर्षे युवतीको वकिल बन्ने सपना

सरकारी वकिलसहित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले न्यायाधीश नियुक्ति निर्णय सच्याउन माग गर्दै बहस पैरवी बहिष्कार गरेका हुन् ।

उनले न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई भेदभाव र पक्षपात गरेकाले निर्णय नसच्याउँदासम्म आन्दोलन जारी राख्ने बताए । उनले न्याय परिषद्ले न्यायाधीश नियुक्तिमा गल्ती स्वीकार गर्नुपर्ने र अब यस्ता गल्ती नगर्ने प्रतिबद्धता आए मात्र आन्दोलन स्थगित गरिने बताए ।

याे पनि पढ्नुस  वकिलहरू आन्दोलन अन्त्य गर्न सहमत, न्यायपरिषद्वारा त्रुटि स्वीकार

सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले ७५ जिल्लामा रहेका अदालतमा सरकारी वकिलका तर्फबाट गरिने बहस पैरवी बहिष्कार गरिएको बताए । रासस

कमेन्ट गर्नुहोस्