न्यायाधीश नियुक्तिप्रति थारु कानुन व्यवसायीको आपत्ति

काठमाडौँ, माघ १० । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि गरेको सिफारिसप्रति आदिवासी थारु कानुन व्यवसायी समाज नेपालले आपत्ति जनाएको छ ।

समाजका अध्यक्ष भागवतप्रसाद चौधरीले आज एक विज्ञप्तिमार्फत देशको चौथो जनसङ्ख्या रहेको थारु समुदायवाट न्यायाधीशमा एक जनामात्र सिफारिस हुनु नेपालको संविधानको मर्म विपरित भएको उल्लेख गरेका छन् ।
न्याय परिषद्बाट त्रुटिपूर्ण निर्णय भएको उल्लेख गर्दै विज्ञप्तिमा सिफारिस नियुक्तिलाई सच्याएर थारु समुदायका वकिलबाट संविधानबमोजिम कम्तीमा चारजनालाई नियुक्त गर्न माग गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: