आफूविरुद्ध भएको प्रदर्शनको ट्रम्पद्वारा आलोचना

वासिङटन, माघ १०। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गरेका छन् ।

उनले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गरेका हुन् ।

“मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा निर्वाचन भएको थियो र ?” ट्रम्पले ट्वीट गरेका छन् ।

उनले निर्वाचन नै नभई आफूले सपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गरेका हुन् ।

शनिबार अमेरिकाका विभिन्न ठाउँमा महिलाहरुको सक्रियतामा लाखौँ प्रदशर्नकारीले प्रदर्शन गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: