विद्यार्थीको सहयोगका लागि जुट्यो २० लाख

गुल्मी, माघ १० । गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक संकलन अभियानलाई तीव्रता दिएको छ ।

कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट रु २० लाख सङ्कलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिए ।

विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले रु ३० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य पूरा नहुञ्जेलसम्म आर्थिक सङ्कलन अभियान जारी राख्ने समेत प्रधानाध्यापक शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: