मोरङ–सुनसरी कतारको अध्यक्षमा कार्की निर्वाचित

दिलिप पराजुली, दोहा ।

मोरङ–सुनसरी सेवा समाजकतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचि भएका छन् । गत २० जनवरी २०१७ का दिन कतारको दोहामा सम्पन्न संस्थाको बाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वा्चित गरेको छ । कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्षको थिए ।
अन्य पदाधिकारीमा उपाध्यक्षमा क्रमश चिरञ्जिवीतिम्सीना, तेज कटुवाल, सचिव दिलिप पराजुली, सहसचिव लिला प्रसाद घिमिरे, भरत श्रेष्ठ, कोषाध्यक्ष भिम वहादुर विक, सह–कोषाध्यक्ष परशुराम बास्तोला र गोपाल कटुवाल रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा रमेश निरौला, समिन वराल, मंगलसिंह तामाङ्ग, अमृत चौधरी, गोविन्द कटुवाल, सिताराम कटुवाल, राजनारायण चौधरी, भोला वस्नेत, संजिवआचार्य, मुस्ताक मंसुरी, वलभद्र अधिकारी र सुवास चौधरी रहेका छन् ।

सन् २००१ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरिरहेको मोरङ सुनसरी सेवा समाज कतारले संस्थाका अध्यक्ष टिएन वरालको अध्यक्षतामा १२ औं साधारण सभा तथा वृहत बनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा गैरआवासिय नेपाली संघका मध्यपुर्व क्षेत्रिय उपसंयोजक उमेश अधिकारी प्रमुख अतिथि रहेका थिए भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषद सदस्यश्री बिनोद प्रसाद भट्टराई, आरके शर्मा, एनसिसि कतारका अध्यक्ष विनेश तामाङ्ग, संस्थाकापुर्ब अध्यक्षहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु तथा दोहामा रहेका सामाजिक, वैचारिक र पेशागत सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोसु कतारको स्थापना देखि विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहयोग गरिरहेका तथा सन २००४ माकार्यवाहक अध्यक्षको भुमिका निर्वाह गरेका कमलमणि गुरागाईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसका साथै मोसु कतारलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्रतथा सम्मानपत्रले सम्मान गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: