काठमाण्डौ, माघ १०
राष्ट्रिय वाणिज्य बैंक र एन.आइ.डि.सी डेभलपमेण्ट बैंकबीच मर्ज गर्ने निर्णयलाई अर्थ मन्त्रालयले मन्त्रीपरिषदमा लैजाने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले दुबै बैंक मर्ज गर्ने प्रस्तावमा हस्ताक्षर गरिसकेको अर्थमन्त्री सचिवालयले जनाएको छ । काठमाण्डौमा वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाइ संवोधनका क्रममा समेत उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जको प्रकृया अन्तिम चरणमा पुगेको बताएका थिए ।
उपप्रधानमन्त्री महराले सरकारको पुर्ण स्वामित्वको बैंक भएको नाताले आधारभुत तहका जनता, ग्रामिण र उत्पादनमुलक क्षेत्रमा बैंकिङ् सेवा पु¥याउने सरकारको दायित्व पुरा गर्न वाणिज्य वैंकले बिशेष ध्यान दिनुपर्नेमा महराको जोड थियो ।