बलिउडमा जम्ने तेरियाको इच्छा, सोनाक्षी सिन्हासँग काम गर्ने सपना

मुम्बई, टेलिभिजन रियालिटी शो “झलक दिखला जा ९” जितेकी तेरिया फौजा मगरले बलिउडमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् ।

यसअघि डान्स इण्डिया डान्स लिटिल मास्ष्टर्सका उपाधी समेत जितेकी तेरियालाई गत शनिबार राती विजयी घोषणा गरिएको थियो । उनले सलमान युसुफ खान र शान्तुन माहेश्वरीलाई हराइएर ट्रफीसँगै ३० लाख जितेकी थिइन ।

याे पनि पढ्नुस  ‘म नेपाली तेरिया हुन चाहन्छु’

तेरियाले मिडिया सँग कुरा गर्दै अब बलिउडमा काम गर्न खोजेको बताइन । “टेलिभिजनमा बलिउड चलचित्र हेर्दै हुर्किएँ, मौका पाए बलिउडमा नै काम गर्ने इच्छा छ । अब त्यसकै लागि कोशीस गर्नुपर्ला” तेरियाले भनिन् ।

बलिउडमा सोनाक्षी सिन्हा आफूलाई सबैभन्दा बढी मन पर्ने कलाकार भएको समेत उनले बताइन । “सोनाक्षी सिन्हाको हाउभाउ मलाई औधी मन पर्छ । मलाई निकै सुन्दर लाग्छिन् उनी । म उनीसँग काम गर्न चाहन्छु ।”

याे पनि पढ्नुस  टेरियालाई गृह जिल्लामा भव्य स्वागत

यो उपाधि पाउनेमा भने आफु कमै आशावादी भएको तेरियाले बताईन । “सलमान र शान्तुन निकै उत्कृष्ट डान्सर थिए, कडा प्रतिष्पर्धा थियो, ढुक्क चाहिँ थिइन । जितेपछि निकै खुशी छु ।” तेरियाको प्रतिक्रिया थियो ।

अहिले भने केही समय पढाईलाई नै निरन्तरता दिने उनले बताईन ।

कमेन्ट गर्नुहोस्