भक्तपुर, माघ १० । वीर अस्पतालपछि देशकै दोस्रो पुरानो अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालमा विरामीहरुका लागि नयाँ सेवा विस्तार गरेको छ ।
दरबन्दी रहे पनि डाक्टरको अनुपस्थितिका कारण विरामीलाई सेवा दिन नसकिएको नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । डा. रविभूषण सुवालका कारण यो सेवा सुचारु भएको हो ।
अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरु भएको छ । यसअघि प्राइभेट(इएचएस) रुपमा त्यहाँं हाडजोर्नीे सेवा सञ्चालनमा थियो ।
अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सेवाका लागि सामान खरिद भइसकेको र निकट भविष्यमै सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार केसीले बताए ।