काठमाडौं, माघ १० । राज्य व्यवस्था समितिले निर्वाचन आयोगसँगको परामर्शमा सरकारले नै चुनावको मिति तोक्ने व्यवस्थासहित निर्वाचनसम्बन्धी दुईवटा विधेयक पारित गरेको छ।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले मतदाता नामावली र निर्वाचन आयोगको काम, कर्तव्य तथा अधिकारसम्बन्धी दुई वटा विधेयक पारित गरेको हो।
यसअघि निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्ने अधिकार आफूहरुलाई दिनुपर्ने माग गर्दै आएको थियो।
विधेयक समितिबाट पारित भएसँगै यसलाई संसदमा पेश गर्ने बाटो खुलेको छ। निर्वाचनसँग सम्बन्धित अन्य दुई विधेयक यसअघि नै संसदमा टेबल भइसकेका छन्। निर्वाचनका लागि कुल ५ वटा विधेयक संसदबाट पारित हुनुपर्छ।