कास्कीमा आठ हजार २६ जनाबाट स्वास्थ्य बिमा दर्ता

पोखरा, माघ १० । कास्कीमा आजसम्म आठ हजार २६ जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले गत पुस महिनाको १२ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु गरेको थियो ।

दर्ता भएका मानिसको नाम कम्प्युटरमा राख्ने र तोकिएका अस्पतालमा २८ वटा उपचार सेवाका लागि सिफारिस गर्ने काम भइरहेको समितिका प्रबन्धक भगवान रेग्मीले जानकारी दिए । उनका अनुसार यो दर्ता प्रक्रिया जिल्लामा निरन्तर चलिरहने छ । ११० जना दर्ता सहयोगी जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा खटिएका छन् ।

याे पनि पढ्नुस  दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा

चालु आव २०७३/७४ मा कास्कीलगायत २२ जिल्लामा सो सेवा सुरु गरिएको समितिले जनाएको छ । ग्रामीण क्षेत्रमा खटिने एकजना दर्ता सहयोगीले एक हजार घर परिवारको र नगरपालिकामा खटिने एकजना दर्ता सहयोगीले एक हजार ५०० घरपरिवारको दर्ता गर्ने गरी तोकिएको छ ।

याे पनि पढ्नुस  दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा

पाँचजनाको परिवार भएको एक घरका लागि रु दुई हजार ५०० र पाँच जनाभन्दा बढी परिवार भएको घरमा प्रतिव्यक्ति रु ४२५ थप दस्तुर लिई दर्ता गरिने छ ।

स्वास्थ्य बिमा गरेको व्यक्ति बिरामी परेमा रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाउने र पाँच जनाभन्दा बढी व्यक्ति भएको घरपरिवारको व्यक्ति बिरामी परेमा रु ५० हजारभन्दा माथि प्रतिव्यक्ति रु १० हजारका दरले सुविधा थपिँदै जाने प्रबन्धक रेग्मीले बताए।

कमेन्ट गर्नुहोस्