अमेरिकामा शक्तिशाली आँधीका कारण १८ जनाको मृत्यु

माघ १० । अमेरिकामा आएको शक्तिशाली आँधीबेहेरीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

खराब मौसमसँगै आएको आँधीबेहरीका कारणका अमेरिकाको दक्षिणी क्षेत्र जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको आपतकालीन विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  उत्तरकोरियाकोे शक्तिशाली क्षेप्यास्त्रले अमेरिकाको जुनसुकै ठाँउ मार हान्न सक्ने, अमेरिका सशंकित

यस्तै मिसिसिपीमा पनि चार जनाको मृत्यु भएको छ । आँधी बेहेरीमा परी कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।

आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ । त्यसक्षेत्रका धेरै घर भत्किएका छन् ।

याे पनि पढ्नुस  सामाजिक सञ्जालमा लारेन भाइरल

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल राहत प्रदान गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्