चितवन, माघ १० । चितवनको भरतपुरस्थित एक कपास गोदाममा आज दिउँसो आगलागी भएको छ । भरतपुर–१० स्थित शङ्कर श्रेष्ठको आफ्नै घरमा रहेको कपास गोदाममा आगलागी हुँदा रु छ लाखभन्दा बढीको क्षति भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
दिउँसो २ः३० बजे लागेको आगो करिब १०–१५ मिनेटकै अन्तरालमा नियन्त्रण गर्न सकिएकाले क्षति कम भएको चितवन प्रहरीले जनाएको छ । समयमै प्रहरीमा खबर आइपुगेकाले छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
भरतपुर उपमहानगरबाट गएको दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । दाममा विद्युत् चुहावट भई आगलागी भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।