भट्टराई भन्छन–‘मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन’

बनेपा, माघ १० । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन् ।

सोमबार बनेपामा राष्ट्रिय युवा अभियान, काभ्रेपलाञ्चोकको प्रथम जिल्ला सम्मेलनमा उहाँले संविधान संशोधन गरेर मधेसी समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  भच्चेकमा भट्टराईको सभा नसकिदै नयाँ शक्तिमा पहिरो

संयोजक भट्टराईले भने–“मधेसी समुदायलाई अल्झाउने कामले समस्याको समाधान हुँदैन ।” उहाँले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्दै संविधान संशोधनका लागि योगदान गर्नसमेत आह्वान गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले संविधान कार्यान्वयन नहुँदा विगतमा भएका परिवर्तन र क्रान्ति गलत त थिएनन् भन्ने आशङ्का देखिएको तर्क गर्दै विकास र समृद्धिका लागि राष्ट्रिय एकता र स्वाधीनता आवश्यक भएको बताए ।

याे पनि पढ्नुस  स्थानिय चुनाव रोक्न यादवसँग साँठगाँठमा नयाँ शक्ति

इतिहासका निर्माता र सिर्जनशील कालखण्डका युवा शक्ति भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै भट्टराईले पराधीन र परनिर्भर अर्थतन्त्रको अन्त्य जरुरी भएको बताए ।

नयाँ शक्ति नेपालका नेता गङ्गानारायण श्रेष्ठले विदेशीबाट उपलब्ध भएको रेमिट्यान्ससमेत अनुत्पादक क्षेत्रमा लगानी भएकामा चिन्ता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्