पर्यटन विभागले सुरु गर्यो कम्प्युटर प्रणाली

काठमाडौँ, माघ १० । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली (डिजिटलाइज) गर्ने प्रक्रिया सुरु गरेको छ ।

पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए ।

“हाम्रा फाइलका सधैँभरि हार्डकपी नै प्रयोग भइरहेको छ, रेकर्ड पनि राम्रो छैन, कहाँ कति ट्राभल एजेन्सी छन् कानुनीरुपमा चलेका छन् कि छैनन् भनेर अनुगमन गर्न पनि असहज भइरहेकाले सम्पूर्ण कागजात कम्प्युटारमै राख्ने प्रक्रिया सुरु भएको छ”– उनले भने ।

याे पनि पढ्नुस  पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन

महानिर्देशक आचार्यले विभागबाट अनुमति लिएका कम्पनीको प्रभावकारी अनुगमनका लागि कम्प्युटर प्रणाली अपरिहार्य भएकाले त्यसका लागि पहिलो चरणमा अहिले ट्राभल, ट्रेकिङका फाइल कम्प्युटरमा रेकर्ड गर्न राख्न कागजातको स्क्यानिङ सुरु गरिएको बताए ।

परम्परागत फाइल विस्थापित गर्ने उद्देश्यले सबै कागजात स्क्यान गरेर अनलाइन प्रक्रियामा जाने योजनाअनुरुप काम अघि बढेको र यसबाट सेवा प्रवाह सजिलो हुनाका साथै सबै रेकर्ड सूचना व्यवस्थित हुने विभागले जनाएको छ । \

याे पनि पढ्नुस  सङ्ग्रहालयमा आन्तरिक पर्यटकको चाप

भागका अनुसार अहिले वेबसाइटमै कुन–कुन ट्राभल एजेन्सी तथा कुन आरोहण टोली कोसँग सम्बन्धित छ, भन्ने विवरण राखिएको छ ।

यसबाट सेवाग्राहीले सहजै सूचना पाउनेछन् । यसैगरी विभागले ट्राभल, ट्रेकिङ र होटलका सेवालाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिइएको छ ।

प्रत्येक दिन २० वटा संस्थाको अनुगमन भइरहेकामा तीध्ये कतिपयले इजाजत नलिएको र नवीकरण नगरीकन कम्पनी सञ्चालन गरेको पाइएको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्