सीमावारि सीमापारि लागूपदार्थ तस्करको बिगबिगी

काठमाडौं, माघ ११ ।  नेपालमा प्रतिबन्धित औषधि कोरेक्सको मूल्य सीमावर्ती भरातीय बजार लौकाहमा एक सय २० रुपैयाँ पर्छ । त्यही झोल औषधि लागूपदार्थको रुपमा दुरुपयोग हुन थालेपछि सीमावारि लहानमा ५ सय देखि ८ सयमा खरिद बिक्री हुने गरेको छ ।

कोरेक्स तस्करीमा संलग्न गिरोहले लहानका साथै पहाडी भूभाग गाइघाट, कटारीसम्मै पुर्याएर युवालाई दुव्र्यसनी बनाइरहेका छन् ।

पहाडी जिल्लाबाट गाँजा सिरहा र सप्तरीका नाका हुदै भारत तस्करी हुने र पारिबाट कोरेक्स लगायतका लागूपदार्थ भित्रिने क्रम बढेको प्रहरी स्रोत ताउँछ ।

सीममासँगै जोडीएको लहान सिरहामा पारिबाट कोरेक्स (झोल), नाइट्रोसन (चक्की) र सुईमार्फत लिइने लागूपदार्थ बाक्लै भित्रिने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।

यो खबर आजको नागरिकमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: