काठमाडौं, माघ ११ । चिनको केरुङबाट बा ७८ प २१३१ नम्बरको मोटरसाइकमा नेपाल आउदै गरेका चक्र बहादुर धमला अबैध सुनको चक्कि ढिक्कासहित रसुवामा पक्राउ परेका छन् ।
टिमुरे १ रसुवागढी प्रहरी चेकपोष्टमा चेकजाचँ गर्ने क्रममा धमलाको साथमा रहेको मनि पर्समा ११७.३२ ग्राम अबैध सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले बताए ।
४६ वर्षीय धमला जिल्ला सि.पा सिम्पाल काभ्रे ६ घर भई हाल रसुवा यार्सा ९ मा बस्छन् ।
पक्राउ परेका धमला, मोटरसाइकल र बरामद सुन भन्सार कार्यालय टिमुरेमा बुझाईएको प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।
रसुवागढी नाकाबाट चीनले एक महिनाका लागि सामान अायात निर्यात बन्द गरेको छ । एक सातादेखि चीनको केरुङबाट नेपाल अाउने र जाने सामान बन्द छ । भन्सार बन्द हुदाँ सयाौ कन्टेनर भन्सार यार्डमा बसेका छन् । तर सुन तस्करको सक्रियता भने बढेको छ ।
यस अघि चीनकै केरुङबाट ल्याइएको १५ केजी सुन बालाजु बृतले बरामद गरेको थियो ।