एजेन्सी । स्वीडेनमा आइतबार बलात्कारको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । खबरका अनुसार एक महिलामाथि भएको भनिकएको बलात्कारको भिडियो फेसब’कमा प्रत्यक्ष देखाइएको थियो ।
आइतबार स्वीडेनमा उप्पासलाको प्रहरीलाई एक महिलाले सम्पर्क गरेर उनले सामुहिक बलात्कार गरेर सिमीत ग्रुपमा लाइभ गरेको देखेको बताइन् ।
ती महिलाका अनुसार भिडीयोको अन्त्यमा एक व्यत्तिले तिम्रो बलात्कार भयो भन्दै हाँसेका थिए । स्वीडेन प्रहरीले यो कुराको पुष्टि गर्दै उक्त भिडीयो अरुले पनि हेरेको भेटीएको बताए ।
उक्त समुहमा हजारौं मानिस सदस्य भएको बताइएको छ । प्रहरीले उक्त भिडियोमा भएको ३ व्यक्ति र एक महिलालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरिएको बताइएको छ । भिडीयो देखेर प्रहरीलाई खबर गर्ने महिा २१ वर्षीय जोसेफिन लुंडग्रृेन हु
न् ।
उक्त भिडीयो ६० जनाले प्रत्यक्ष हेरेको र कयौंले अश्लील कमेन्ट गरेको पनि बताइन् ।