यौन चाहना अनुसार पारदर्शी हुँदै जाने अनौठो कपडा (भिडियो सहित)

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला । तर अव मुटुको धड्कनसंगै कपडा पारदर्शी हुँदै जाने प्रविधिको विकाश भएको छ । मानिसको यौनइच्छा र चाहना अनुरुप कपडाले आफ्नो रुप बदल्दै पारदर्शी हुँदै जाने यो प्रविधिलाई स्टुडियो राजगार्देले बनाएका हुन् । यो डिजाइनर ड्रेस इन्टिमेसी २.० नामको एक फेसन प्रोजेक्टले तयार पारेको हो । यो कम्पनी चीन र नेदरल्याण्डको लागि फेसन र आर्टको क्षेत्रमा काम गर्छ ।

यो ड्रेसमा प्रविधि र मानिसको अंतरंगतालाई बुझ्न सक्ने गरि समायोजन गरिएको छ । परिस्थिति अनुसार पारदर्शी हुँदै जाने यो ड्रेसमा इलेक्ट्रोनिकवायर र एलईडी लगाइएको हुन्छ । जसलाई लगाएर हिंडदा खास परिस्थितिमा उत्पन्न हुने यौन उत्तेजना हुँदा आफैँ कपडा पारदर्शी हुँदै जान्छ ।जव यो ड्रेस लगाउने व्यक्ति अर्को व्यक्तिको नजिक जान्छ र उसको धड्कन बढ्न थाल्छ तव यो ड्रेस पारदर्शी बन्दै जान्छ ।

यो ड्रेस अहिले जम्मा दुइ मोडलमा उतारिएको छ । इंटिमेसी ह्वाइट र इंटीमेसी ब्ल्याक गरि दुइ रंगमा यो ड्रेस अहिले उपलब्ध छ । कम्पनीले यो ड्रेस कुनै खास पार्टी वा समारोहमा जाँदा लगाउन उपयुक्त हुने बताएको छ ।

हेर्नुस भिडीयो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: