नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वलाई साट्न आतुर छौं–प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ ११। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको वताएका छन् ।

मोरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमसँगको भेटवार्तामा नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताएका थिए ।

मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्र्रिय समुदायको सदभावप्रति आभार व्यक्त गरे ।

पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सह्रा गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्