एजेन्सी । बलिउडका किंग खान साहरुख खानको एक प्रसंशकले उनको एक झलक देख्ने आशमा ज्यान गुमाएका छन् । बडोदरा ट्रेनबाट नयाँ दिल्ली जाँदै गरेका साहरुख खानलाई हेर्न जम्मा भएको भिडमा भागदौड मच्चिदा एक जनाको मृत्यु भएको हो । साथै कयौैं घाइते भएका छन् ।
नयाँ चलचित्र रइसको प्रमोशनको लागि उनी ट्रेनबाट नयाँ दिल्ली गएका थिए । सोमबार राति उनको ट्रेन १० मिनेटको लागि बडोदरा स्टेशनमा रोकिएको थियो । यही समय साहरुखका फ्यान उनको एक झलक पाउन स्टेशनमा भिड जमाएका थिए ।