वैदेशिक रोजगारमा मृत्यु हुनेले ३५ लाखसम्म पाउने, बीमा रकम दोब्बर

काठमाडौं, माघ १० । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका पक्षमा महत्वपूर्ण निर्णय गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारले वैदेशिक रोजगारमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने घोषणा गरेका हुन । हालसम्म १० लाख बराबरको बीमा रकम म्यादी जीवन बीमाका रुपमा रहँदै आएकोमा त्यो दोब्बर हुने छ । यसबाट दुर्घटना या जीवन जोगाउनु पर्ने अवस्थामा परिवारले ठूलो राहत पाउने छन् । यो घोषणा लागु भएमा ज्यान गुमाएको अवस्थामा ३० लाखसम्म क्षतिपूर्ति पाइने छ ।

सरकारले यसअघि पासपोर्ट नवीकरणलगायत अन्य कतिपय क्षेत्रमा वैदेशिक रोजगारमा गएका कामदारका लागि सहज हुने गरी व्यवस्था गरेको छ । यसका अतिरिक्त खाडी मुलुकमा अलपत्र नेपालीलाई नेपाल ल्याउन समेत सरकारले पहल गरेको छ । हालैमात्र प्रधानमन्त्री प्रचण्डले युएइ भ्रमणको बेला नेपाली कामदारहरुको अवस्थाका बारेमा सम्बन्धित उच्च नेतृत्वसँग छलफल गरेका थिए ।

विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन समेत सरकारले यसअघि पहल गरेको थियो ।

प्रचण्डले वैदेशिक रोजगारलाई नियमन गर्न गृहकार्य भइरहेको र यसक्षेत्रमा कामदारको हितमा हुने गरी छिट्टै नियमन गर्न कार्यविधि या कानुन ल्याउने बताउँदै अएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: