नेपालको हाइड्रो पावरदेखि भौतिक संरचनामा बेलायतले लगानी गर्ने

काठमाण्डौ, माघ ११ । नेपालको हाइड्रोमा बेलायत सरकारले लगानी गर्ने भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग अर्थमन्त्रालयमा बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मलले शिष्टचार भेट गर्दै नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्ने बताएका हुन् ।

लण्डनका लर्ड मेयर पार्मलले आफुले नेपालमा रहँदा माउण्टेन फ्लाइट गरेको र व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको जानकारी गराउँदै नेपालमा लगानी गर्न बेलायत सरकार आतुर रहेको जानकारी दिए ।

उप्रधानमन्त्री महराले बेलायत र नेपालबीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । अर्थमन्त्री महराले वेलायत सरकारले नेपाललाई गरेको सहयोगको प्रशंसा गरे ।

नेपाल सक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको वताउँदै उपप्रधानमन्त्री महराले भने– “एक बर्ष भित्र तीन तहको चुनाव गराउने तयारीमा सरकार तयार छ । एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्छ । हामी अव संबिधान कार्यान्वयनको दिशामा अघि बढ्यौ ।”

भेटमा उपप्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डाक्टर पुण्य रेग्मी र नेपालका लागि बेलायतका राजदुत पनि सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: