सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौंमा लिच्छवीहरूले शासन गर्दथे। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे ।
१. लिच्छवी कालमा राजकिय भाषा के थियो ?
– संस्कृत
२. लिच्छवी कालमा व्यापारिक केन्द्रलाइ के भनिन्थ्यो ?
–द्रङ
३. लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाइ कुलको गौरव दशाउने राजा को हुन् ?
–शिव देव प्रथम
४. लिच्छवी कालमा ब्यापारिक समुहलाइ के भनिन्थ्यो ?
–सार्थ
५.मानदेवको छोराको नाम के हो ?
– महिदेव
६.लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ?
–४१ वर्ष
७.शकं शवंतमा कति जोड्दा विक्रम शम्वत बन्दछ ?
– १३५ वर्ष
८.पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुने ?
– नरेन्द्रदेव
९. नेपाली इतिहासको स्वर्णकाल कुन काललाइ मानिन्छ ?
– लिच्छवी काललाइ
१०. नेपालीमा सर्वप्रथम अभिलेख राजा को हुने ?
–मानदेव
११. नेपालीमा अंशुवर्माले कति वर्ष शाशन गरे ?
– १६ वर्ष
१२. कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ?
– अंशुवर्माले
१३. अंशुवर्माले चलाएको मुद्रामा के को चित्र अंकित थियो ?
– कामधेनु गाइको