साउथ चाइना सीमा युद्दको संकेतः अमेरिकाले दियो चीनलाई कडा जवाफ

वाशिङ्गटन, माघ ११ । साउथ चाइना सीमाथि चीन र अमेरिकाबीचको विवादले झनै उग्र रुप लिएको छ । अमेरिकी नीतिको चीनले कडा प्रतिवाद गरेपछि अमेकिारले समेत त्यसको प्रत्युत्तरमा कडा प्रतिक्रिया दिएपछि तनाव चुलिएको हो ।

चीनले साउन चाइना सीका प्रायद्विपहरुमा आफ्नो सार्वभौम अधिकार रहेको भन्दै अमेरिकालाई त्यसतर्फ दृष्टि नलगाउन चेतावनी दिएको थियो । चीनले अरु देशको सार्वभौमसत्तामाथि अमेरिकाले आँखा लगाउनु गलत भएको र आफ्ना द्विपहरुको रक्षाका लागि चुप लागेर नबस्ने जनाएको थियो ।

चीनको प्रतिक्रियामाथि जवाफ दिँदै अमेरिकाले साउथ चाइना सीमाथि पुरै विश्वको हात भएको भन्दै अमेरिकाले अन्तराष्ट्रिय हितहरुको रक्षा गर्ने जनाएको छ । “साउथ चाइना सी चीनको सम्पत्ति होइन, यसमा सम्पूर्ण विश्वको हक छ।” अमेरिकाले भनेको छ ।

डोनाल्ड ट्रम्पले दक्षिण चीन समुद्रमा चीनले आफ्नो मात्रै कब्जा जमाउन नसक्ने बताएका छन् । ट्रम्पले यसअघि ताइवानका बारेमा समेत एक चीन नीतिविरुद्ध प्रतिक्रिया दिएका थिए ।

के हो साउथ चाइना सीको विवाद
२०१६ डिसेम्बरमा चीन्ले साउथ चाइना सीमा एयरक्राफ्ट क्यारियरका अतिरिक्त ५ लडाकु जहाज पठाएको थियो । उता ताइवानको सीमामा यी जहाजहरु राखिएको भन्दै कतिपयले आपत्ती जनाएका थिए । यो क्षेत्र फिलिपिन्सको समुन्द्री सीमा नजिक छ । फिलिपिन्स र चीन अमेरिकाका सवालमा समान धारणा राख्दछन् । ताइवानले समेत यसमा आपत्ती जनाएको थियो ।

अगस्तमा अमेरिकी थिंक ट्यांकले साउथ चाइना सीको स्याटेलाइट तस्वीर जारी गरे । उनीहरुले चीनले नक्कली द्विप बनाएको आरोप लगाउनुका साथै कतिपय द्विपमा रनवेसमेत बनाएको दावी गरेका थिए ।

अमेरिकाले दक्षिण चीन समुद्रमा आफ्ना युद्धपोतहरु पठाउँदै आएको छ ।

अमेरिकाको राजनीतिक परिवर्तनसँगै साउथ चाइना सीमा देखिएको तनाव बढ्दै जाँदा यसले युद्दको संकेत गरेको कतिपयले आँकलन गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: