यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको नालीबेली

प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड“ गत साता युएईको राजकीय भ्रमणमा आएका थिए । भ्रमण टोलीमा उर्जामन्त्री जनार्दन शर्मा सहित कुटनैतीक ब्यक्तित्वहरु पनि थिए । उनीहरू विश्व उर्जा समिट २०१७ मा भाग लिनको लागि युएई आएका थिए । युएई सरकारले प्रचण्डलाई उर्जा सम्बन्धी सो सम्मेलनमा प्रमुख बक्ताको रुपमा निम्त्याएको थियो ।
सन १९७७ मा नेपाल र युएईको कुटनैतीक सम्बन्ध कायम भए पश्चात शायद नेपालको तर्फबाट युएईको राजकीय भ्रमण पहिलो नै थियो । नेपालको लागि यो एउटा महत्वपूर्ण अवसर पनि थियो ।
यसकारण प्रचण्ड नै प्रमुख बक्ता ?
नेपाल जलश्रोतको धनी देश हो । बैकल्पिक ईनर्जीको रुपमा अहिले जलस्रोत (हाइड्रो पावर) लाई अत्यन्त्यै महत्वपूर्ण रुपमा हेरिएको छ । पेट्रोलियम पदार्थले धानेको अरबको अर्थतन्त्र पेट्रोलको सिमिततासँगै यसको भबिष्य के हुने हो भन्ने चिन्ता अरब देशहरुमा छ । त्यसैले पनि युएई लगायत केही अरब देशहरुले पर्यटनलाई पनि उत्तिकै जोड दिएका छन । त्यसको पछिल्लो उदाहरण दुबई पनि हो जहाँ अग्ला टावर देखी लिएर विश्वका धेरै चमत्कारीक धरोहरहरु निर्माण भईरहेका छन । केही अझै हुँदै छन । अर्को तर्फ ऊनीहरु विश्व बजारमा लगानीको अवसर पनि खोज्दै छन । नेपाल जस्तो अल्प बिकासित मुलुकमा लगानीको सुरक्षाको प्रत्याभुत गर्न सकियो भने युएई जस्ता मुलुकहरुले ठुला जलबिद्दुतहरुमा लगानी गर्नेछन । जलश्रोतको धनी देश नेपाल अब यी देशहरुको लागि लगानीको सम्भावना बोकेको मुलुक हो भन्ने कुरा उनिहरुको नेपाल प्रतीको चासोले पनि स्पस्ट भईसकेको छ ।

यस्तो अवस्थामा उनिहरुले नेपालका प्रधानमन्त्रीलाई “की नोट स्पीकर“ का रुपमा निमन्त्रणा गर्नु स्वाभाबिक हो । हाइड्रो पावर सम्बन्धी देशको निती, नेपालमा हाइड्रो पावरमा लगानी र यसको सुरक्षा एवम सुनिस्चतता बारेमा प्रचण्डले विश्वमन्चमा बोलेर उनिहरुलाई आश्वस्त बनाउने प्रयास गरे । यसले बिदेशी लगानीलाई नेपालमा भित्र्याउन मद्दत गर्ने छ ।

के के गर्न भ्याए प्रधानमन्त्री प्रचण्डले युएईमा ?

प्रचण्ड जनवरी १४ तारिक बेलुकी अबुधाबी एअरपोर्टमा उत्रिए । १५ तारिक बिहान ११ बजे नेपाली दुताबासले राखेको अगुवा नेपालीहरु सँगको भेटघाटमा उनी हाजिर भए । प्रचण्डलाई भेटें भने मार्छु र जेल जान्छु भन्ने देखी प्रचण्डलाई माया गर्नेहरुले पनि आफ्नो आफ्नो समस्या सुनाउन भ्याए । दुखेसो पोखे । दुताबासको अब्यवस्थित सानो कोठामा अटीनअटी भएको उक्त भेटघाटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खुशी ब्यक्त गरे र सबैलाई नकारात्मक भन्दा सकारात्मक हुन सुझाए ।

१५ तारिक नै बेलुकी ५ बजे दुबईमा रहेका नेपाली ब्यापारीहरुको संस्था नेपाल बिजनेस काउन्सिल युएईले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरे । युएईमा कामदार मात्रै छैनन नेपाली बिजनेसम्यान पनि छन भन्ने सुन्न पाउँदा उनी खुशी देखिन्थे । भारतीय प्रधानमन्त्री गतसाल युएई आउँदा युएईका ब्यापारीहरु बिभिन्न कार्यक्रममा सँगै देखिन्थे । तर नेपाली प्रधानमन्त्री युएई आउँदा नेपाल सरकारले नेपाली ब्यापारीहरुलाई उपेक्षा गरेको देखियो । बिजनेस काउन्सिलसँगको भेटघाटको चाँजोपाँजो पनि माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मँचले नै मिलाएको थियो । अघिल्लो दिन सम्म पनि बिजनेसम्यानहरुसँग प्रधानमन्त्रीको भेटघाटलाई नेपाली दुताबासले नकारेको थियो ।

सोही दिन बेलुकी ६ बजे माओवादी केन्द्र निकट नेपाली जनप्रगतीशिल मँच युएईले सम्पूर्ण संघसंस्था, ब्यापारी, बुद्दिजिबी र पत्रकारहरुको लागि भेटघाट तथा रात्रीभोजको आयोजना गर्यो । कार्यक्रममा राजनैतीक दलका प्रतिनिधि, ब्यापारी र जनजाती महासंघका प्रतिनिधिहरुले प्रधानमन्त्री सामु नेपालीहरुको समस्याको बारेमा सार्वजनिक सुनुवाई गरे । प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै बिभिन्न बक्ताहरुले उठान गरेको समस्यालाई समाधानको लागि तुरुन्त प्रकृया थाल्ने प्रतिबद्दता गरे । प्रधानमन्त्री स्वयमले पनि केही गुनासो पोखे, “युएई जस्तो बिकाशित देशमा तपाईंहरु हुनुहुन्छ, केही सकारात्मक कुराहरु, टेक्नोलोजी र बिकासका कुराहरु सुनाउनु हुन्छ कि भन्ने लागेको थियो तर सबै समस्या मात्र सुनियो“ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले १६ तारिक उर्जा सम्मेलनलाई सम्बोधन गरे । अन्तराष्ट्रिय समुदायसँग नेपाल उर्जामा धनी देश भएको र उर्जा क्षेत्रमा लगानी गर्नको लागि सुरक्षित पनि रहेको भन्ने सन्देश दिए । विश्वको सबैभन्दा अग्लो हिमाल रहेको देश नेपाल र सबैभन्दा अग्लो टावर रहेको देश युएई बिचमा केही ब्यापारिक साझेदारीको कुरा उठाए । अर्ग्यानिक कृषि उपजहरु युएईमा सप्लाई गरी ब्यापारको प्रबर्दन गर्न जोड दिए ।

उनको सम्बोधन पश्चात बिभिन्न देशका प्रतिनिधिहरुले उर्जामा लगानी गर्नको लागि बिशेष चासो समेत देखाएका छन । युएईका उपराष्ट्रपती तथा प्रधानमन्त्री महम्मद बिन रसिद अल मक्तुम सँगको भेट अझ फलदायी भएको छ । भेटमा प्रधानमन्त्रीले युएईको जेलमा फाँसीको सजाय कुरेर बसेका अमर बहादुर बमको रिहाईको बारेमा कुरा उठाए । बिभिन्न समाचारहरुमा प्रकाशित समाचारहरुका अनुसार शायद छिट्टै नै बमको रिहाई हुनेछ ।

प्रधानमन्त्रीले सुनतस्करलाई कारबाही गर्ने प्रतिबद्दता जनाए । भिजिट भिषाका ब्यापार गर्ने कर्मचारीलाई जाने बित्तिकै कारबाही गर्ने बताए । एअरपोर्टमा खाडीमा आउने नेपालीहरुको लागि सम्मानजनक ब्यवहार गर्न सम्बन्धित निकायमा निर्देशन दिने बताए । बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले समस्याको पोको भएको बिज्ञप्ती बुझाए । र सकेसम्म ती समस्याहरुलाई सम्बोधन गर्ने प्रधानमन्त्रीले बाचा गरे ।

मुलत प्रधानमन्त्री ले यती नै गरे । भ्रमण कुटनीतिक रुपले सफल भएको छ । किनकी यो भ्रमण भारत र चीनको भ्रमण जस्तो माग्ने भाँडो लिएर जाने देश हैन । न त फर्केर आउँदा भाँडो भरेर आएकी कि रित्तो आए भनेर सफलता र असफलताको काहानी बुन्ने भ्रमण हो ।

अरबमा सबैभन्दा ठुलो पशुपतीनाथको मन्दिर बनाउन अनुरोध गरेर सबै हिन्दूहरुलाई यतै आउ भन्दा सफल हुने नत्र असफल हुने भ्रमण पनि हैन । भ्रमण सफल हुनु भनेको मागेर गोजी भरेर लिएर जानु मात्र हैन । भ्रमण सफल हुनु भनेको द्विपक्षिय सम्बन्धलाई सुमधुर बनाउनु पनि हो । त्यसो त मागेर देश चलाऊने बानी परेकाहरुलाई नमाग्दा खेरी भ्रमण सफल नहुनु स्वाभाबिक नै हो । प्रचण्डले युएईमा गएर मागेनन तर उर्जा क्षेत्रमा लगानीको लागि नेपाल प्रबल सम्भावना बोकेको मुलुक हो है भन्ने अन्तराष्ट्रिय जगतलाई बुझाए ।

युएईमा फोटो काण्ड

उर्जा समिटमा प्रधानमन्त्रीले भाग लिदै गर्दा स्थानिय गल्फ न्युजले फेसबूकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । सोही प्रत्यक्ष प्रसारणको भिडियोलाई केही ब्यक्तीहरुले फोटोसपबाट प्रधानमन्त्रीको जिउलाई बाङगो देखाई रक्सी खाएको भनी प्रचार गरे । यसरी प्रचार गर्नेमा एमाले निकट ब्यक्तीहरु धेरै थिए । यो प्रचार प्रचण्डको बिरुद्दमा मात्र थिएन देशको बिरुद्दमा घात थियो । जसले यस्तो निन्दनीय कार्य गरे तिनिहरु देशको लागि गद्दार हुन, राष्ट्रघाती हुन । बहुदलिय सँसदीय ब्यवस्थामा प्रधानमन्त्री दलबाट नै चुनिन्छ । तर प्रधानमन्त्री देशको हुन्छ न कि कुनै दलको । युएईको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई बेइज्जत गर्नुलाई युएई सरकारले गम्भिर भएर हेरेको भन्ने सुन्नमा आएको छ । युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनले समेत राष्ट्रघात गर्नेहरुलाई कारबाही गर्ने सार्वजनिक घोषणा गरिसकेका छन ।

फोटो काण्डलाई सारमा बुझ्ने हो भने दलहरुले अब आफ्ना कार्यकर्तालाई सँस्कार पनि सिकाउनु पर्ने भएको छ । ठीक र बेठिक छुट्याउन सिकाउनु पर्ने देखिएको छ । उनिहरुमा प्रशिक्षणको अभाब देखिएको छ । सबै दलहरुले आफ्ना कार्यकर्ताहरुलाई नैतीक शिक्षा सिकाउनु पर्ने भएको छ । राजनितीमा नैतीकता भएन भने युएईमा जस्तो घटना भबिस्यमा अन्य देशमा पनि नघट्ला भन्न सकिन्न ।

सापकोटा पत्रकार महासंघ युएईका सचिव हुन् । 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: