हुण्डीबाट रकम पठाउनेमाथि कारबाही हुने, सुचना दिन दुतावासको अनुरोध

काठमाडौं, माघ १२ । अबुधाबी स्थित नेपाली दुताबासले युनाइटेट अरब इमिरेटसमा बसोवास गर्ने नेपाली नागरिकलाई हुण्डीमार्फत कुनै पनि कारोवार नगर्न र नगाराउन अनुरोध गरेको छ ।

नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै दुताबासले हुण्डी वा अन्य गैरकानुनी तवरले पैसा पठाउनेहरुको बारेमा जानकारी भएमा युएई सरकारलाई जानकारी गराउन अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  अब युएईमा समान कामका लागि महिला र पुरुषलाई समान ज्याला

गैर कानुनी तरिकाले पैसा पठाउने २५ वटा दोकानलाई युएई सरकारले कारबाही गरेको समाचार स्थानिय गल्फ न्युजमा छापिए पश्चात दुताबासले हुण्डीबाट गैर कानुनी रुपमा पैशा नपठाउन आग्रह गरेको हो ।

नेपाली दुताबासले गल्फ न्युजको उक्त समाचारलाई आफ्नो फेसबूक पेजमा शेयर गर्दै हुण्डी प्रयोग गर्नेहरुको बारेमा जानकारी भए ६००५४५५५५ मा फोन गरेर युएई सरकारलाई सुचना दिन सबैलाई आह्बान गरेको छ ।

याे पनि पढ्नुस  युएईमा नेपाली सामाजिक संस्थाका अध्यक्षसँग भारतीय पासपोर्ट

हुण्डीबाट आउने रकम राष्ट्रिय आयमा गणना हुँदैन । साथै यसरी अबैध तरिकाले आउने रकम आतंककारी गतिबिधी, सुन तस्करी, हतियार खरिदबिक्री, लागु औषध आदिमा प्रयोग हुने भएकोले यसको न्युनिकरण गर्नको दुताबासले कानुनी तवरले मात्र पैसा पठाउन सबैमा अनुरोध समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्