एकाबिहानै बालुवाटार किन पुगे कमल थापा ?

काठमाडौं, माघ १२ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।

संविधान संशोधन प्रस्तावमा प्रतिपक्षले अवरोध सिर्जना गरिरहेको बेला थापाको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
थापा बुधबार बिहान ८ नबज्दै बालुवाटार पुगेका थिए ।

बालुवाटार श्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डसँगको भेटमा थापाले संविधान संशोधन प्रस्ताव र सरकार बिस्तारका बारेमा छलफल गरेका थिए । धर्मनिरपेक्षताको विषयमा फरक मत राख्दै आएपनि राप्रपाले सरकारलाई समर्थन गरेको छ ।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले प्राप्त गरेको उपलब्धिहरुको रक्षा गर्न राप्रपा नेपालले संविधान कार्यान्वयनका लागि सहयोग गर्नुपर्ने धारणा राखेको बताइन्छ । प्रचण्डले सरकार स्थानीय निर्वाचनका लागि तयार रहेको र संविधान संशोधनलगायतका विषयलाई समेत टुंग्याएर संविधान कार्यान्वयनलाई अन्तिम चरणमा पुर्याउन अघि बढेकोले यसमा राप्रपाको समर्थन खोजेका थिए ।

अध्यक्ष थापाले सरकारमा सहभागी हुने विषयमा सकारात्मक भएको र प्राविधिक कुराहरु मिलेमा छिट्टै नै सहभागी हुने बताएका थिए । स्थानीय निर्वाचनका लागि राप्रपाको पूर्ण समर्थन रहने र संविधान संशोधन प्रस्तावमा सबै पक्षबीच फेरी छलफल चलाएर अधिकतम सहमतिसहित परिमार्जन गर्ने र पारित गर्न राप्रपाले सहयोग गर्ने उनले जनाएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: