रहेनन् ‘तिरिरि मुरली बज्यो बनैमा’ गीतका गायक

काठमाडौं, माघ १२ । ‘तिरिरि मुरली बज्यो बनैमा’ बोलको गीतबाट ख्याती कमाएका बरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्य आज विहान निधन भएको छ ।

लामो समयदेखि विरामी रहेका ८४ बर्षिय शाक्यको उच्च रक्तचापका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

४०० वढी गीत गाएका उनका २०० गीत मात्रै हाल उपलब्ध छन् । उनको ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ बोलको गीत पनि अत्याधिक चर्चित गीत हो ।

वि. सं.१९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका शाक्यले २००४ सालदेख गीत गाउन सुरु गरेका थिए । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गएका थिए ।

२०१६ सालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै स्वर्ण पदक जित्न सफल भएका थिए ।

उनको आजै टेकु दोभानमा अन्तेष्टी गरिने छ । उनका चार छोरा र एक छोरी छन् । उनका दुई छोरा गीत संगीतकै क्षेत्रमा सक्रिय छन् ।

कमेन्ट गर्नुहोस्