निर्वाचनसम्बन्धि विधेयक १६ महिनापछि संसदमा

दुई विधेयक आजै पारित गर्ने तयारी

काठमाडौं, माघ १२ । तीनै तहको निर्वाचनका लागि आवश्यक कानुन निर्माणको कार्यादेश पाएको रुपान्तरित संसदले १६ महिनापछि बल्ल संसदमा स्थान पाएको छ । सरकारले ल्याएका निर्वाचनसम्बन्धि दुई वटा विधेयक संसदबाट आज पारित गर्न लागिएको हो ।

अपरान्ह २ बजे बस्ने संसद बैठकले प्रतिवेदनमाथि सामान्य छलफलपछि दुवै वटा विधेयक पारित बताइएको छ ।

दलहरुबीच निर्वाचनबारे सहमति हुन नसक्दा लामो समय अड्किएर रहेको दुई वटा विधेयकलाई संसदले आज पारित गर्ने भएको हो ।

राज्यब्यवस्था समितिमा अड्कीएका मतदाता नामावली तथा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी दुई वटा विधेयकलाई कार्यसूचीमा राख्दै संसदले आज पारित गर्न लागेको हो ।

निर्वाचनका लागि आवश्यक पर्ने अन्य तीन वटा विधेयक समितिमा छलफलका क्रममा छन् । थप ४ वटा विधेयकको मस्यौदा भने तयार हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: