जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ

राजविराज, माघ १२ । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेका छन् ।

जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुवै युवकले वीरेन्द्र बजारसम्म पु¥याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए ।
जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: