मतदाता नामावलीसम्बन्धी विधेयक पारित

काठमाडौं, माघ १२ । राज्य व्यवस्था समितिले तयार पारेको मतदाता नामावली सम्बन्धी विधेयक संसदले पारित गरेको छ। गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गरेको विधेयक सर्वसहमतिले पारित गरेको हो।

आनन्द ढुंगनाको संयोजकत्वमा बनेको उपसमितिले प्रतिवेदनमा सामान्य परिमार्जनपछि संसदमा पेश भएको थियो। मतदाता सम्बन्धी केही कसुरको व्यवस्थासहित विधेयकको परिमार्जन भएको थियो।

मतदाता विधेयक बिपरीत काम गर्नेलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैद हुने प्रावधान राखिएको छ।

संसदमा निर्वाचन सम्बन्धी विधेयकहरु प्रक्रियामा लगिएको छ।

कमेन्ट गर्नुहोस्