त्रिभुवन विमानस्थलबाट ४४ थान पासपोर्टसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं, माघ १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठू्रलो संख्यामा राहदानीसहित एकजना चिनियाँ पक्राउ परेका छन् ।

ड्रागन एयरबाट चिनको कुनमिङ जान लागेका चिनियाँ नागरिक ४१ वर्षीय वीउ बिन छिलाई हिजो साँझ साढे ९ बजे ४४ थान पासपोर्टसहित विमानस्थलबाट पक्राउ गरिएको थियो ।
छिको साथबाट चिनियाँ नागरिकका ४४ थान पासपोर्ट बरामद भएको छ । ती पासपोर्टमा कुनै देशको भिसा लागेको छैन ।

छिले भिसा लगाउन पासपोर्ट नेपाल ल्याएको बताएका छन् । चिनियाँ नागरिकलाई नेपालमा ‘अनअरायभल भिसा’ दिने व्यवस्था छ । उनी अहिले पनि प्रहरी नियन्त्रणमा छन् । यसबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । उनले दोभाषे ल्याएपछि थप अनुसन्धान हुने पनि बताएका छन् ।
File photo

कमेन्ट गर्नुहोस्

%d bloggers like this: