अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पको निर्देशन

वाशिङ्गटन डिसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको अमेरिकी सीमामा पर्खाल लगाउने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् ।
सीमा नभएको कुनै देश नहुने भन्दै ट्रम्पलेयो योजनालाई तत्काल कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।
हतियारदेखि लागुऔषध र मानव तस्करीको मुख्य रुटका रुपमा मेक्सिको र अमेरिकाको सीमा रहँदै आएको छ । ्
यसको मुख्य उद्देश्य भनेको अवैध अप्रावासीहरुलाई अमेरिका छिर्नबाट रोक्नु रहेको आँकलन गरिएको छ ।
मेक्सिको र अमेरिकीबीच २ हजार माइल लामो पर्खाल बनाउने कुरा चुनावका क्रममा समेत घोषणा गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: