विद्यार्थीको विकासका लागि विविध कार्यक्रम हुने

काठमाडौँ, माघ १३ । काठमाडौँ पश्चिम क्षेत्रीय उच्च माध्यमिक विद्यालय संघको आयोजनामा शुक्रबारदेखि स्थानीय उच्च माविका विद्यार्थीको विकासका लागि विविध रचनात्मक कार्यक्रम हुने भएको छ ।

संघले अन्तर विद्यालय बास्केटबल र हाजिरीजवाफ प्रतियोगिता गरी विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सघाउने प्रयास गरेको हिसानका स्वागत श्रेष्ठले जानकारी दिए । काठमाडौँ पश्चिम क्षेत्रका १२ कलेजका टिम सहभागी हुने बास्केटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी ग्रिनफिल्ड नेसनल कलेज,बाफलका प्रिन्सिपल खडक बस्नेतलाई दिएको छ ।

त्यस्तै हाजिरीजवाफ प्रतियोगिताका लागि हालसम्म १२ वटा कलेजले टिम दर्ता गरेको प्रतियोगिता संयोजक एड्मार्क कलेज कलङ्कीका प्रिन्सिपल शिव अधिकारीले बताए । प्रतियोगिता माघ १६ गते सम्पन्न हुने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: