प्रधानमन्त्री प्रचण्ड पोखरामा, पर्वतमा जिल्ला प्रमुखहरूसँग छलफलको कार्यक्रम

पोखरा, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा आइपुगेका छन् । सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षांत समारोहमा सहभागी हुन प्रधानमन्त्री पोखरा आएका हुन् ।

दीक्षांत समारोहको कार्यक्रमपछि प्रचण्ड पर्वत जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई सशस्त्र प्रहरीले सलामीसहित स्वागत गरेका थिए । पर्वतमा प्रधानमन्त्री पर्वत महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

पर्वतमा नै प्रधानमन्त्रीले बिभिन्न ज़िल्लाका प्रमुखहरूसँग स्थानीय अवस्था, जन सरोकार सुशासन लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: