मापदण्ड बिपरित अस्पताल अध्यक्षमा ठेकेदार !

उदयपुर, माघ १३ । स्वास्थ्य मन्त्री गगन थापाले जिल्ला अस्पताल उदयपुर विकास समितिको अध्यक्षमा ठेकेदारलाई मनोनयन गरेका छन् । त्रियुगा नगरपालिका २ का निर्माण व्यवसायी राकेश खत्रीलाई अध्यक्षमा नियुक्ति गरेका हुन् ।

खत्रीलाई स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धि मापदण्ड २०७३ को ५ नम्बर विपरित नियुक्ती गरिएको हो ।
मापदण्डको ५ नम्बर बुँदाको नियुक्ति तथा मनोनयनको अयोग्यताको बुँदा नं. (ङ) अनुसार सार्वजनिक निकाय सँग कुनै ठेक्का पट्टा सम्झौता गरी काम गर्दै आएको व्यक्ति पदाधिकारी तथा सदस्यमा नियुक्ती वा मनोनयनका लागि अयोग्य मानिनेछ ।
तर, मनोनित अध्यक्ष खत्री नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा रौताहा कन्ट्रक्सनका प्रतिनिधि हुन । उनका बुबा अमर खत्रीको प्रतिनिधीको रुपमा जिल्ला भित्र तथा जिल्ला बाहिरका योजनाहरु निर्माणमा संलग्न रहेका छन ।

याे पनि पढ्नुस  स्वास्थ्य चौकीमा चिकित्सकको अभाव हुँदा बिरामी मर्का


खत्रीले नै नामेटार र हर्देनी स्वास्थ्य चौकीको भवन निर्माण गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गाईघाटका ईन्जिनियर बम्ह्रदेव चौधरीले बताए । उनले भने ‘हामीले रौताहा कन्ट्रक्सनलाई दुईवटा स्वास्थ्य चौकीको भव निर्माण गर्न जिम्मा दिएका छौ ।’

‘मन्त्रीको नजिक हुँदै गगनले अस्पतालामा ठेकेदारलाई नियुक्ति गरेकाले सच्याउन माग गरेका छौ ।’ नेपाली काङग्रेस उदयपुरका एक नेताले भने– ‘सबैका लोप्रिय गगन पनि ठेकेदारको नुनपानीमा भुलिने मान्छे रहेछन् ।’

याे पनि पढ्नुस  किशोरीलाई पटक पटक करणी गर्ने पक्राउ

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराज सँग २०७१÷६÷८ मा नामेटार स्वास्थ्य चौकी भवनको निर्माण सम्झौता गरि रौताहा कन्ट्रक्सन त्रिनपा २ को तर्फबाट राकेश खत्रीलाई नै कार्यदेश दिईएको छ ।

ताकी मापदण्डमा निर्माण व्यवसायीले पदाधिकारीमा मनोनयन हुन नपाउने व्यवस्था छ । आफू निर्माण व्यवासायी नै भएको नव नियुक्त अध्यक्ष राकेश खत्रीले बताए । ‘मैले काम गरेर खाने पेशा भनेको निर्माण व्यवसायी हो ।’ उनले भने, ‘निर्माण व्यवसायी हुँदै अस्पाताल बिकास समितिको अध्यक्ष हुन नपाईने भनेर कहाँ लेखेको छ ? मलाई त्यो देखाईदिनु प¥यो ।’ खत्रीले मन्त्रालयको मापदण्डमा स्नातक तह उतीर्ण गरेको हुनुपर्ने भन्ने मलाई थाहा छ, अरु कुरा थाहा नभएको बताए ।

याे पनि पढ्नुस  अब डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशतसम्म भत्ता

खत्रीले थाहा खबरसँग कुरा गर्दै आफुले निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकी नामेटार र स्वास्थ्य चौकी हर्देनीको भवन निर्माण गरिरहेको पनि स्वीकार गरेका छन् । नयाँ मापदण्डपछि मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये अघिल्लो निर्णयमा २९ वटामा मनोनित भएको थियो भने यो पटक थप १५ जना मनोनित गरेको हो । त्यसैमा खत्री परेको नेपाली काङग्रेस उदयपुरका एक नेताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्