चुनावका लागि तयारी रहन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

पोखरा, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । बिहिबार पोखराको लामपाटनमा अायोजित सशस्त्र प्रहरीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले अर्काे वर्षको माघ ७ भित्रै तीनै चरणको चुनाव गराउने भएकोले तयारी रहन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा निकट भविष्यमा घोषणा हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचनहरुको लागि तयारी अवस्थामा रहन सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्र सवेकहरुलाई निर्देशन गर्दछु ।’

‘हाल मुलुक संक्रमण अवस्थामा गुज्रिरहेको अवस्थामा विधिको शासनको मूल मर्मलाई आत्मसाथ गर्दै कानुन कार्यान्वयन गराउने निकायहरु थप चनाखो एवं होसियार रहेर आफ्ना काम कारवाही संचालन गर्नु अहिलेको आवश्यकता हो’ प्रचण्डले भने ।

सि.स ११ शसस्त्र प्रहरी निरीक्षकको आधारभूत तालिमको दीक्षान्त समारोहमा २५ जना प्रहरी दीक्षित भएका छन् । ५४ हत्तासम्म चलेको तालिमबाट उनीहरु दीक्षित भएका हुन् ।

‘मुलुकमा दोहोरिरहने विपदका घटनाहरुबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागि तत्काल खोज उद्धार र राहत दिने कार्यमा लाग्न सकल दर्जालाई न्यूनिकरण दिन चाहन्छु’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, शसस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई लगायतको सहभागिता रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: