चितवनमा माओवादी केन्द्रले सुरू गर्यो चुनावी अभियान

चितवन, माघ १३ । नेकपा माओवादी केन्द्र चितवनले जिल्ला जनलहर अभियान सुरु गर्ने भएको छ । जनताका अकांक्षा र भावना बुझ्ने देखि संगठन विस्तारका काम समेत जनलहर अभियानमा थालिने माओवादी केन्द्र चितवनका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।

मुलुक संघिय संरचनामा अगाडी बढिरहेको अवस्थामा जनता घर घरमा पुगी माओवादी केन्द्र जनलहर अभियान सुरु गरेको हो उनले भने । अब हामी शिर्ष नेतासहित जनताका कुरा सुनी नयाँ रणनिति तर्फ अगाडी बढ्ने छौ ।

याे पनि पढ्नुस  चितवनमा विप्लवका २ कार्यकर्ता पक्राउ

संघीय संरचना अनुसार जिल्लाको सात क्षेत्रमा जिम्मेवारी बाँडफोड समेत गरिएको छ । जस अनुसार भरतपुर महानगरमा जिल्ला अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत) रत्ननगर नगरपालिकामा जिल्ला सह ईन्चार्ज कञ्चन खनाल, खैरहनी नगरपालिकामा जगन्नाथ आचार्य राप्ती नगरपालिकामा सिंहबहादुर गोले, कालिका नगरपालिकामा रामध्वज डल्लाकोटी (विवेक), माडी नगरपालिकामा प्रभु महत्तो र ईच्छाकामना गाउँपालिकानमा प्रताप गुरुंगलाई ईन्चार्जको जिम्मेवारी तोकेको छ ।

याे पनि पढ्नुस  एमाले वडा सदस्य सहित १ सय बढी माओवादी केन्द्रमा प्रवेश

यस्तै जिल्ला सह ईन्चार्ज ज्ञानु बस्नेतलाई जनवर्गीय संगठन ईन्चार्ज, मिडिया फ्याक्सन ईन्चार्जमा संगिता भट्टराई, ईच्छाकामना र महानगर केन्द्रबाट हेर्ने जिल्ला ईन्चार्ज घनश्याम दाहाललाई, जिल्ला सह ईन्चार्ज ठाकुर ढकाल सबै विभागिय काम र माडी हेर्ने जिम्मा, विद्यार्थीको फ्याक्सन ईन्चार्ज प्रकाश खनाल शैलेस र वाईसिएललाई स्वयम् जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई हेर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य सुर्य सुवेदी (पथिक)ले जानकारी दिए ।

याे पनि पढ्नुस  ४३ किलो चरेससहित ७० वर्षीया वृद्धा पक्राउ

केन्द्र यस्तै एक महिने अभियान नगर एकता सकिएपछि गर्ने भएको जिल्ला ईन्चार्ज भट्टराईले बताए । जिम्मेवारी वाडफाडमा अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रय अध्यक्ष चित्रबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्