भारतमा गणतन्त्र दिवसमा भयो यस्तो बम विष्फाेट

माघ १३ । भारतमा गणतन्त्र दिवस मनाइरहेका बेला आज छ वटा छुट्टाछुट्टै बम विष्फोट भएको छ । विष्फोटमा परी के कति घाइते भए बन्नेबारे हालसम्म खुलाइएको छैन ।

गणतन्त्र दिवसका दिन भारतको असम र नागालैडको सीमानामा उक्त बम विष्फोट भएको हो । ‘करिव ६ वटा बम विष्फोट भएको हुनसक्ने अनुमान छ, अझैसम्म के कति घाइते भएका छन् भन्नेबारे सूचना आएको छैन,– असमका डीजीपी मुकेश सहायले मिडियासमक्ष बताएका छन् ।

असमको उपल्लो भागमा भएको ती आधा दर्जन बम विष्फोटका कारण असम पुरै बलेको देखिन्छ । असमको चरायदेवोमा दुई स्थानमा र पानीजानमा एक पेट्रोल पम्पमा उक्त बम विष्फोट भएको हो ।

उक्त बम विष्फोट उल्फा उग्रवादीले गराएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि उल्फा उग्रवादीले गणतन्त्र दिवसका दिन राज्यमा धमाका मच्चाउने चेतावनी दिएको थियो ।

असम–नगालैंडको सीमामा रात भरी गोलीबारी भएको आवाज सुनिएको बताइएको छ । डिब्रूगढ़को जालाननगर टी गार्डेन एक बम विष्फोट भएको हो ।

त्यसबाहेक अन्य दुई बम विष्फोट नाजिरा इलाकको बिहुबोरमा भएको हो । बम विष्फाेटपछि देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: