चुइगम खानुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पार्ने नकारात्मक असरहरु

माघ १३ । चुइङगम चपाउने अनि पड्काउने अधिकांश किशोर किशोरीहरु हुन्छन् । चुइगमको प्रयोग गरे दाँत सफा हुन्छ भन्ने भ्रम पनि छ कतिमा तर यसको हानिकारक पक्षबारे भने कोही सचेत भएको पाईंदैन ।

प्राचिन ग्रीकमा पनि मानिसहरु दाँत सफा गर्न र श्वास स्वच्छ राख्न रुखको चोप चपाउँथे । आनन्दका लागि रुखको चोप चुइङगमको रुपमा चपाउने गर्थें । अचेल चुइङडम विश्वव्यापी रुपमा प्रयोग गरिन्छ ।

इजरायलको तेलअबिब विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानका अनुसार बच्चा तथा किशोरहरुमा चुइङगम चपाउने बानीले टाउको दुखाइएको समस्या निम्त्याउँछ ।

अध्ययनमा संलग्न मेर मेडिकल सेन्टरका डा. नाथन बोटेम्बर्गका अनुसार चुइङगम चपाउने बानी छाडिदियो भने टाउको दुख्ने समस्या निकै समाधान हुन्छ ।

यस्ता छन् चुइगमले मानिसको जीवनमा पार्ने केहि नकारात्मक असरहरु :

१. गुलियो पदार्थ प्रयोग गरिएको चुइङगमले दाँत सड्नेदेखि गिजाको रोगसमेत निम्त्याउँछ । तत्कालै ब्रस गरिएन भने चुईङगमा भएको गुलियो पदार्थले विस्तारै दाँतको इनामेलमा घटाउँछ ।अप्राकृतिक गुलियो प्रयोग गरिएको चुईङगमले कसैलाई एलर्जी, चिडचिडापन र टाउको दुखाई निम्त्याउन सक्छ ।

२. चुइङगम चपाउने बानीले बंगारामा दबाब सिर्जना गराउन सक्छ । तत्काल वास्ता गरिएन भने यसले ‘टेम्पोरोमान्डि ज्वाइन्ट डिस्अर्डर (टिजेडी) हुन सक्छ, जसबाट असैह्य रुपमा अनुहारको दुखाई र घाँटीमा असजिलोपना हुनसक्छ ।

३. लगातार चुईङगम खानाले पेट र पाचन प्रणालीमै असर पर्न सक्छ । खाना खाएपछि पच्न केही समय चाहिन्छ । तर, लगातार चुईङगम चपाइरहेपछि मुखबाट निस्किएको ¥यालले खाना पचाउने समय दिदैंन । यसले गर्दा ग्यास्ट्रिक र दुखाईको समस्या आउँन सक्छ ।

४. यदि दाँतमा मक्र्युरी भरिएको छ भने चुइङगम लगातार चपाउँनाले त्यो निस्कन्छ । मक्र्युरी मेटाबोलिजमका लागि खतरनाक हुन्छ । मक्र्युरीले रगत, पिसाब नली, नसा र ब्रेनलाई असर पार्छ ।

५. किशोर उमेरमा अत्यधिक चुइङगम खानाले बंगाराको हड्डी तथा मांसपेशी तन्कन्छ र अनुहार ठुलो बन्न सक्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: