जाडोबाट बच्नका लागि यस्ता छन् केही घरेलु उपायहरु

माघ १३ । जाडोमा आफ्नो स्वास्थ्यलाई अलि बढी नै ध्यान दिनुपर्ने हुन्छ । किनभने चिसोका कारण मानिहरुलाई रुघाखोकी तथा ज्वरोले समेत अत्याधिक सताउने गर्दछ । जसका कारण एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ ।

तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको हेरचाहका लागि केही घरेलु उपायहरु यसप्रकार छन् :

याे पनि पढ्नुस  के अण्डा र केरा सँग खानु घातक हुन्छ ?

१. अदुवाको टुक्राको रस २० मिलिदेखि ३० मिलिसम्म दिनमा तीन पटक लिनाले चिसोबाट बच्न सकिन्छ ।

२. दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघि सेवन गर्ने ।

३. एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक खाने ।

याे पनि पढ्नुस  के हो साइलेन्ट हार्ट अट्याक ? कसरी बच्ने यसबाट

४. बेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउने ।

५. कालो मरिच डढाएर धुवा सुँघ्नाले बन्द नाक खुल्छ ।

६. अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।

याे पनि पढ्नुस  तपार्इ स्मरणशक्ति बढाउन चाहानु हुन्छ ? खानुस् यी चीज

७. एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

कमेन्ट गर्नुहोस्