देश टुक्रयाउन खोज्ने बिरुद्ध सरकारले कडा कदम चाल्नेः प्रधानमन्त्री


पर्वत, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टुक्रयाउने विखण्डनकारी बिरुद्ध सरकारले कडा कदम चाल्ने बताएका छन् । पर्वतको कुष्मामा आयोजित पाँचौ पवर्त महोत्वसको उदघाटन गर्दै प्रचण्डले देश टुक्राउन सिके राउतजस्ता व्यक्ति सक्रिय भएकोतर्फ इंगित गर्दै प्रचण्डले देश टुक्राउने विखण्डनकारीलाई कारवाही गर्ने बताए

यद्दपी प्रचण्डले कसैको नाम भने उल्लेख गरेनन । ” देश विखण्डन गर्न खोज्ने कसैलाई पनि सरकारले त्यस्ता गतिविधि गर्न दिदैँन, नेपालमा रहेका नेपाली जनतालाई विभेद गराउने, अधिकारबाट बञ्चित गराउन खोज्नेलाई सरकारले कार्वाही गर्छ” उनले भने ।

उनले तराईमा केही तत्व देश विखण्डन गर्न लागेको विषयमा सरकारले कडा कार्वाही गर्ने बताए ।

तराई विगठन गर्ने तत्व देखिएका छन् । त्यसलाई कठोर ढंगले नियन्त्रण गर्न तयारी भएको छ । कसैले भड़काऊँदैमा नेपाली बीचको एकता भत्काउन सक्दैन । नेपालका सबै जनता नेपाली हुन्,’ उनले भने ।

चुनाव नभए देश दुर्घटनामा

उनले माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुन नसके राजनीतिक संकट उत्पन्न हुने बताएका छन् । सोही कारण पनि माघ ७ गते नै स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले देश चुनावी माहोलमा होमिएको बताए । मूख्य तीनदलबीचमा चुनावमा जाने सहमति भइसकेको छ, अब छिट्टै चुनावको घोषणा हुन्छ । प्रधानमन्त्रीले बताए ।

प्रचण्ड माघ ७ सम्म तीन तहको निर्वाचन हुन नसके राजनीतिक संकट निम्तिने खतरा रहेको बताए । संविधानको स्वीकार्यतामा सहमत गरेर चुनावमा जान निरन्तर पहल भइरहेको भन्दै उनले संसदमा टेबल भएको संशोधन विधेयक पारित नभई चुनावको घोषणा गर्न नहूने निर्वाचन आयोगको सुझाव अनुसार यसै हप्ता स्थानीय निकायको मिति बैसाख मा गर्ने गरी घोषणा गर्न लागी परेको जानकारी दिए । मिति घोषणा गरेपछि निर्वाचन पर्ने हुन्छ । तर निर्वाचन हुन थारु मधेशी तराई सबैलाई विश्वासमा लिनु जरुरी छ,’ प्रधानमन्त्रीले भने ।

सबैलाई विश्वासमा लिएर गारिने निर्वाचनले मात्रै राष्ट्रीयता बलियो हुन्छ । नेपाल विखण्डन गर्ने तत्वहरूलाई कडा रूपमा नियन्त्रण गरिने, नेपालीहरूको एकता  संविधानको कार्यान्वयनबाट नै राष्ट्रियता बलियो हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले कोरला नाका खोल्न सरकारले चिनसँग विशेष कुराकानी गर्न लागेको बताएका छन् । सशस्त्र प्रहरीले उपयोग गरेको चौर खेल मैदानका लागि विकास गर्न पहल गरिने प्रधानमन्त्रीले बताए । पर्वतको सडक कालोपत्रे गर्न भोली (शुक्रबार) क्याविनेट बैठकमा कुरा गर्ने बताए । कोरला नाका खुले पर्वत व्यापार हब को रूप मा विकाश हुने प्रधानमन्त्रीले बताए । प्रशोधन केन्द्रको विकासका लागी सरकारले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

समाजवादको यात्रा पर्वतबाट

प्रधानमन्त्रीले समाजवादको यात्रा पर्वतबाट सुरु हुने बताए । आर्थिक समृद्धिबाट समाजवादतर्फ जाने बाटो विकास निर्माण हो । पर्वत जिल्ला यसको लागि सम्भावना बोकेको छ । तपाईहरू गतिशील हुनुस् हामी राज्यका तर्फबाट सहयोग गर्छौ, उनले भने ।

उद्योग वाणिज्य संघले सबै राजनीतिक दल सहित तैयार पारेको ४ बूँदे ज्ञापन बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काली गण्डकी करिडोर निर्माण अघि बढेको जानकारी दिए । करिडोर निर्माण अघि बढेसँगै यसले पर्वत बिध्युत हब बन्ने भन्दै प्रधानमन्त्रीले बिध्युतको विकाशले हजारौं युवा रोजगारी पाउने र खाडीमा गएर पसिना बगाउने प्रवृत्तिको अन्त्य हुने विश्वास लिए । यसका लागि पर्वत उच्च सम्भावना बोकेको जिल्ला भएकाले सरकारले यस जिल्लालाई विशेषा रुपमा सहयोग गर्ने उनले बताए ।

कोरला नाका खुले पर्वत व्यापारिक हब हुने ‍उनले बताए । प्रधानमन्त्रीले कोरला नाका खोल्नका लागि सरकारले  चीनसँग विशेष कुराकानी गरिरहेका जानकारी दिए । उनले भने- सरकारले हामीले चीनसँग महत्वपूर्ण सीमा नाका खोल्नको लागि कुरा गरेका छौं ।

तस्वीर: प्रदीपराज वन्त

कमेन्ट गर्नुहोस्

%d bloggers like this: