प्रधानमन्त्री कार्यालयद्वारा कतारमा अलपत्र तीन नेपालीको उद्दार

माघ १४, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ ।

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनिलाई प्रतिव्यक्ति २ लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु काम नपाएर बेरोजगार भएका थिए । तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो । त्यसलगत्तै कतारमा रहेको नेपाली दुतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका हुन् । नेपाल फर्काएपछि प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल थालेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: