प्रहरी र सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन राजधानीमा सुरु हुँदै

काठमाडौं, माघ १४ । महान्यायाधिबक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको तीन दिने प्रथम राष्ट्रिय सम्मेलन राजधानीमा आजदेखि सुरु हुँदैछ ।

प्रभावकारी अनुसन्धान र अभियोजन, सुदृढ फौजदारी न्याय प्रशासन’को अवधारणासहित सुरु हुने सम्मलेनलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज दिउँसो ३ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार सम्मेलनमा फौजदारी मुद्दाका अनुसन्धान अधिकृत प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच आइपर्ने असमझदारी, अन्योल, तथा समस्याका बारेमा छलफल हुनेछ ।

सम्मेलनमा सरकारबादी फौजदारी मुद्धाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु,सरोकारवाला निकायका प्रतिनिधिहरु गरि ५ सय भन्दा वढीको सहभागिता रहने सम्मेलन १६ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: