पन्ध्र सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, माघ १४ । विवाहको लगनकै बेला सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ ।
बिहीबार फाइन गोल्ड तोलाको ५५ हजार रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको हो ।
हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५५ हजार ४ सय रुपैयाँमा रस्ट्याण्डर्ड गोल्ड ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ ।

चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आइतबार तोलाको ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार तोलाको ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: