अाज देशका सबै ठाउँमा दिनभर वर्षा हुने

काठमाडौं, माघ १४ । शुक्रबार काठमाडौंको मौसममा बदली भएको छ । यतिबेला काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ । अहिले पानी परिरहेको छ ।
मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।
मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविदले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार धनगढीमा ७ मिलिमिटर, डडेल्धुरामा ६ मिलिमिटर, दिपायलमा ५ मिलिमिटर, वीरेन्द्रनगर र जुम्लामा २२ मिलिमिटर, नेपालगञ्जमा १ मिलिमिटर, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ । पोखरा लगायत आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ ।
पश्चिमी वायू नेपालबाट फर्किने क्रममा रहेकाले भोलिदेखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।
पानी परेसँगै एक दुईदिन चिसो केही बढ्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्