जीप दुर्घटनामा एकको मृत्यु, सत्र घाइते, चार जनाको अवस्था गम्भीर

नवलपरासी, माघ १४ । तीर्थालु बोकेको जीप शुक्रबार नवलपरासीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेकोे लु १ ज १०८ नम्बरको जीप नवलपरासीको रामग्राम –६स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका अन्दाजी २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्