प्रेमीलाई बोलाईन घरमा, आँखामा बाँधिन पट्टी अनि…

एजेन्सी ।  भारतमा अपराधको नयाँ घटना सार्वजनिक भएको छ । एउटी २० वर्षे युवतीले आफ्नो प्रेमीको गोप्य अंग काटिदिएको खबर छ । मध्यप्रदेशको नवगंवा दर्शन गाउँमा बस्ने २० वर्षीया युवतीले आफ्नो घरमा प्रेमीलाई बोलाइन र लुकामारी खेल्ने बाहानामा आँखामा पट्टी बाँधेर प्रेमीको गोप्य अंग नै काटिदिएकी छिन् ।

घटनापछि युवकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको हालत नाजुक भएको चिकित्सकले बताएका छन् ।
ती दुइ जनाको प्रेम सम्बन्ध २ वर्षसम्म चलेको थियो । उनीहरु विहेसम्म पुगेपनि विहे तोडिएको थियो । उता प्रेमीको विहे अर्को केटीसंग हुने भनेपछि युवतीले अर्की केटीसंग शारीरिक सम्बन्ध राख्न नसकोस भनेर गोप्य अंग नै काटिदिएको प्रहरीले जनाएका छन् ।

प्रहरीले ती युवतीलाई हत्याको आरोपमा पक्राउ गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: