युएईमा सुरक्षागार्डको तलब बढ्यो

काठमाडौँ, माघ १४ । युनाइटेड अरब इमिरेट्स (युएई)मा सुरक्षा गार्डको तलब बढेको छ । यसअघि लिएको तलबमा पाँच वीस दिराम बढेको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । युएईको दुवै शहरमा सेक्युरिटी गार्डको जागिर खानेहरु धेरै रहेका छन् ।

तर अबदेखि रेक्युरिटी गार्डमा जागिर खानेले राम्रो तालिम लिएको हुनुपर्ने नियम बनाइ तलब बृद्धि गरिएको जनाएका छन् ।

बढेपछि सुरक्षा गार्डले १९२० दिराम पाउनेछन् । यस अघि सेक्युरिटी गार्डले १४४० दिराम तलव बुझ्दै आएका थिए । तलब बढेपछि त्यहाँ रहेका लाखौ नेपालीलाई फाइदा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: